इच्छकामना
इच्छाकामनाको धारापानीमा सडक भासियो, पृथ्वी राजमार्गमा ठूला सवारी रोकिए
०

चितवन, असोज ९ —
चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा आज (शुक्रबार) बिहान सडक थप भासिएपछि ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ६ः१५ बजे सडक थप भासिएको हो। यसअघि भदौ ३१ गतेदेखि सो स्थानमा सडक भासिएपछि एकतर्फी (वान वे) सञ्चालन हुँदै आएको थियो। शुक्रबार पुनः सडक थप भासिएपछि अहिले साना सवारीसाधन र मोटरसाइकल मात्र सञ्चालन हुन सकेका छन् भने ठूला सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले जानकारी दिए ।
उनका अनुसार अहिले सो खण्डमा सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी खटाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























