Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि बन्द रहने, सूचना लिएर मात्रै यात्रा गर्न अनुरोध

०
Banner

चितवन, असोज ९–

हिजो साँझदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) पनि बन्द रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द रहने जनाएको छ । यस सडक खण्डमा निरन्तर वर्षासंगै पहिरो गइरहेको र हटाउने काम पनि भइरहेकोले आज पनि बाटो बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद शर्माले जानकारी दिए ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी स्थित पृथ्वी राजमार्गमा सडक भासिएको छ । सडक भासिएको ठाउँमा साना सवारी साधन र मोटरसाइकल मात्रै चलाउने मिल्ने अवस्थामा पुगेको छ । यहीँ ठाउँमा गत भदौ ३१ गते सडक भासिएर एकतर्फी संचालनमा थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>