अन्तर्राष्ट्रिय

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै नेता तथा सर्वसाधारण सडकमा

Banner

काठमाडौं, असार १४-

थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबार हजारौंको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै पदर्शन गरेका छन् । कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित प्रधानमन्त्रीसँग गरेको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेका हुन् । टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको बिषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ ।

प्रधानमन्त्री कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो । शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>