समाज

डेरामा बस्नेको ल्यापट र सुन चोरेको आरोपमा दुई पक्राउ

Banner

काठमाडौं,बैशाख २३-

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित मैतिदेवीका ३७ वर्षीय जोन खड्गी र ३४ वर्षीय सञ्जय खड्गी छन् । प्रहरीका अनुसार यही वैशाख १६ गते दिउँसोको समयमा काठमाडौंको ताहाचलस्थित सविना खड्काको डेरा कोठाबाट ल्यापटप, मोबाइल फोन र दुई तोला सुन चोरी भएको थियो । अनुसन्धानका क्रममा चोरीमा जोन र सञ्जय संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई धुमबाराहीबाट पक्राउ गरिएको थियो । साथै उनीहरूविरुद्ध यसअघि नै पाँचपटक चोरीसम्बन्धी सहितका कसुरमा मुद्दा दर्ता भएको देखिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट एक थान ल्यापटक, तीन थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>