राजनीति
गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैनः घनश्याम भुसाल
०
रुपन्देही, वैशाख २३-
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडी मात्रै बेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजाँदासम्म मुलुक अगाडि बढन नसक्ने बताए । ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भइरहेका छन् ।’ महासचिव भुसालले भने,’अब नेपाल राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।’ उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० वर्षभित्र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>