चितवन विशेष

नालामा बोसोजन्य फोहोर मिसाए कारबाही गर्ने नारायणगढका होटललाई महानगरको चेतावनी

Banner

चितवन, वैशाख २२-

भरतपुर महानगरपालिकाले आकासे पानीको निकासका लागि बनाइएको नालामा तेल÷बोसोजन्य फोहोर मिसाए कारबाही गर्ने चेतावनी दिएको छ ।

नारायणगढको नाम चलेका होटलहरु भेटघाट रेष्टुरेण्ट, राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार र जमघट रेष्टुरेण्टलाई महानगरले पत्र पठाएर कारबाही गर्ने चेतावनी दिएको हो ।

होटलबाट निस्किने फोहोर नालामा मिसाएपछि नाला जाम भएर नारायणगढको लायसन्चोकदेखि शहिद चोकसम्मको क्षेत्र दुर्गन्धित भएको छ ।

स्थलगत निरीक्षण गर्दा होटलहरुले नालामा तेल एवम् बोसोजन्य फोहोर मिसाएको पाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । महानगरले होटल व्यवसायबाट निस्किने त्यस्ता फोहोरलाई सेफ्टी ट्यांकी बनाई व्यवस्थापन गर्न र तेल÷बोसोजन्य बाहेकका फोहोर पानीको निकासका लागि मात्र ढल प्रयोग गर्न निर्देशन दिएको छ ।

‘अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुने व्यहोरा अनुरोध छ’, पाण्डेले होटलहरुलाई पठाएको पत्रमा उल्लेख छ । महानगरले ती होटलहरुलाई वैशाख १८ गते नै पत्र पठाएको हो ।

बजार क्षेत्र नै दुर्गन्धित भएपछि स्थानीय अन्य व्यवसायीहरुले विरोध गरेका छन् । भरतपुर भ्रमण वर्ष मनाइरहँदा बजार क्षेत्र नै दुर्गन्धित गराउने काम भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>