समाचार

भारतबाट ब्यान्डविथमा अवरोध, नेपालमा इन्टरनेट सेवामा समस्या

Banner

काठमाडौं,बैशाख २०-

नेपालमा इन्टरनेट सेवामा समस्या देखिएको छ। विभिन्न निजी इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा एकाएक लेटेन्सीको समस्या देखिएको हो।

‘मुख्य सर्भरमा समस्या देखिएको छ, एकरडेढ घण्टामा समाधान हुन्छ होला’, वर्ल्डलिंक कम्पनी स्रोतले भन्यो। यता अर्को कम्पनी भायनेटले अलर्ट एसएमएसमार्फत सेवामा समस्या देखिएकामा क्षमा मागेको छ। कम्पनीले अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकसँगको समस्याका कारण इन्टरनेटमा समस्या देखिएको बताएको छ। नेपालमा मुख्यतया भारतबाट इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको छ। एयरटेल कम्पनीले उक्त ब्यान्डविथ नेपाललाई प्रदान गर्छ। अहिले नेपाली इन्टरनेट सेवाप्रदायकलाई सटही सुविधा रोकिदिएको छ। सरकारसँग कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो।

यसले कम्पनीहरुले एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी झण्डै वर्ष दिनयता हुन सकेको छैन। नेपालमा भित्रिने ब्रोडब्यान्डमध्ये करिब ७० प्रतिशत भारतबाटै आउँछ। भुक्तानीमा समस्या भएकाले अहिले इन्टरनेट सेवामा अवरोध भएको भायनेटको अलर्ट एसएमएसमार्फत बुझ्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>