Breaking News
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल पराजित

काठमाडौँ, वैशाख २०-
मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाल पराजित भएको छ ।
नेपाल पराजित भएसँगै वेस्ट इन्डिज एले जारी ५ खेलको टी-२० शृंखला जित्ने निश्चित गरेको हो । आज (बिहीबार) भएको चौथो खेलमा २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भएको छ ।
पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको विशाल लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।
रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे।