राजनीति

माडीका बामपन्थी अग्रज योद्धा सम्मानित

Banner

चितवन, वैशाख २०-

नेकपा एमाले माडी नगरपालिका–१ वडा कमिटीले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।

बुधवार बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी २१ जनालाई सम्मान गरिएको हो ।

मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्वर्गिय लेखनाथ बराल, स्वर्गिय कुलबहादुर केसी, स्वर्गिय रामकृष्ण तिमिल्सिना, स्वर्गिय तेजबहादुर थापा, स्वर्गिय कृष्णलाल तिमिल्सिना, स्वर्गिय विष्णुकुमार बस्नेत, स्वर्गिय छविलाल परियार रहेका छन् ।

यसैगरी बामपन्थी अग्रज योद्धाहरु लालबहादुर विक, ब्रहमन्ती महतो, इन्द्रकुमारी महतो, विश्वनाथ महतो, बलाराम पौडेल, मेघनाथ भुषाल, चन्द्रबहादुर विश्वकर्मा, मनबहादुर क्षेत्री, साबित्री देवी पौडेल, पार्वती उपाध्याय, बुद्धि विक, रामप्रसाद विक, हरिप्रसाद महतो र गनबहादुर विश्वकर्मालाई सम्मान गरिएको हो ।

एमाले माडी १ का अध्यक्ष महादिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम यम बस्नेतले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् माडी इन्चार्ज यम बहादुर परियारको प्रमुख आतिथ्याता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला कमिटी सदस्यहरु नारायणप्रसाद पौडेल, रवि किरण पौडेल, अनेमसंघ माडी अध्यक्ष सिता तिमिल्सिना, एमाले नेता संजय महतो, गुरुचन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>