खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चार विकेट

Banner

काठमाडौँ, वैशाख १६-

दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ् गरेको नेपालले चार विकेट गुमाएको छ। नेपालले ६ ओभरमा ४ विकेट गुमाएको छ भने २८ रन जोडेको छ।

खेलका क्रममा घाइते भएर दोस्रो पटक ब्याटिङमा आएका ओपनर लोकेश बम १७ रनमा गुणाकेश मोतीबाट छैटौं ओभरमा बोल्ड भए ।

त्यसअघि चौथो ओभरमा कुशल भुर्तेल २ रन र पाँचौ ओभरमा अनिलकुमार साह १ रनमा आउट भएका थिए। लोकेश बम आउट भए लगत्तै छैटौं ओभरको अन्तिम बलमा कुशल मल्ल शून्यमा रनआउट भए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>