इलाम

उपनिर्वाचन: इलाम–२ मा मतगणना सुरु

Banner

काठमाडौं,वैशाख १६-

प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । फाकफोकथुम गाउँपालिकाबाट गणना सुरु गरिएको हो ।

शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त क्षेत्रमा नेकपा ९एमाले०बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत उमेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>