पत्रपत्रिका

रोनाल्डोका सन्तान कतार जाने

Banner

नारायणगढ, वैशाख १२-

रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ ।

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको बाउकाे नाम रोनाल्डो रहेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, नेपालले कतारलाई रोनाल्डोका सन्तान उपहार दिनु मात्र सम्बन्धको कडी होइन, नेपालले उपहारमा पाएका हात्तीबाट विस्तार भएको बथानबाट दुई हात्ती उपहारमा नै दिनु नेपालका लागि गर्वको विषय पनि बनेको छ । यो घटना नेपालले अन्तर्राष्ट्रिय जगत्लाई हात्ती उपहारमा दिन लागेको पहिलो पनि हो ।

सैँतिस वर्षअघि मित्रराष्ट्रहरू उपहारमा प्राप्त हात्ती लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्रमा जन्मेका दुई हात्ती कतारलाई दिन लागिएको हो । २०४४ मा भारतबाट १६, म्यानमारबाट दुई र थाइल्यान्डबाट दुई गरी उपहार पाइएका २० वटा हात्ती राखेर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहा चितवनमा जन्मी हुर्की गरेका दुई हात्ती कतारलाई उपहार दिन लागिएको हो ।

तिनै २० हात्तीबाट प्रजनन केन्द्रमा ६२ वटा वंश विस्तार भएका छन् । तीमध्ये ५५ वटा तालिम प्राप्त छन् र सात वटा छावा नै छन् भने चार वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सिप सिकाइएको जानकारी दिए । “पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सिप सिकाइएको छ,” उनले भने ।

प्रजनन केन्द्रमा जन्मेका छ वर्षकी रुद्रकली र पाँच वर्षको खगेन्द्रप्रसाद कतार पठाउन लागिएका हुन् तर तिनका बाउ भने प्रजनन केन्द्रमै रहेका होइनन् । प्रजनन केन्द्रमा रहेकी आमा पूजाकलीबाट २०७५ असोज २३ मा जन्मेकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद दुवैको बाउ भने जङ्गली हात्ती रोनाल्डो रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>