पत्रपत्रिका

रूसी सेनामा नेपालीः परिवार अनशनमा, सरकार भाषणमा

Banner

काठमाडौं, वैशाख २०-

महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो–आमरण अनशन बस्ने !

अभावग्रस्त जिन्दगीमा उज्यालो रङ भर्ने लालसा बोकेका आफन्त अन्जानमै रुसी सेनामा भर्ती हुन पुगे। उनीहरूको त्यो निर्णय वैध थिएन। दलालको आश्वासन र साथीहरूको लहलहैमा नेपाली युवा रुसी सेनामा भर्ना भएका छन्।

रुसबाट युक्रेनको युद्धभूमिमा पुगेका उनीहरू त्यहाँ रन्थनिएर नेपाल फर्कने याचना गर्दैछन्। कैयौंले मृत्युवरण गरिसके। कैयौं अंगभंग भएर अस्पतालका शड्ढयामा छटपटिरहेका छन्। सयौं युवा महिनौंदेखि परिवारको सम्पर्कबाहिर छन्।

तीनै युवाका परिवारजनले राजधानीमा जम्मा भएर आफन्तको जीवनरक्षा र स्वदेश फिर्तीको माग राखेर नेताहरूको निवास र सरकारी निकाय चहार्न थालेको महिनौं भयो। अफ्ना माग सुनाउन चहार्दाचहार्दै उनीहरू थाकिसकेका छन्।

यसरी माग सुनुवाइ नभएपछि परिवारजनले सुरु गरेको सामूहिक अनशन बुधबार १३औं दिन पुगेको छ। अहिले अनशनकारी शान्तिबाटिकामा छन्। तीनजना आमरण अनशनमा छन्। बाँकी रिले अनशनमा छन्। आमरण अनशन गर्नेमा रुकुम पूर्वकी सिरानी घर्तीमगर, सुर्खेत पञ्चपुरीका किशन थापा र अभियन्ता कृतु भण्डारी छन्। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>