राजनीति

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

Banner

काठमाडौं, बैशाख ०७-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।
‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला,’ लामिछानेले कांग्रेसप्रति टिप्पणी गरे ।

रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए । अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए । ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं,’ लामिछानेले भने । उनले पहिचानको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>