समाचार

दाहाल ओलीसँगको छलफलपछि रविको प्रतिक्रियाः सत्ता गठबन्धनमा कुनै समस्या छैन

Banner

काठमाडौँ, बैशाख ०६-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले नेताहरुले छलफल गर्न नभ्याएको र सामान्य छलफल मात्र गरेको बताएका छन्। बिहीबार साँझ ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लने बित्तिकै दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए। त्यसपछि रवि पनि छलफलमा सहभागी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>