चितवन विशेष

रामनवमीः चितवन माडीको राममन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थ

Banner

भरतपुर, वैशाख ५-

रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गर्नुएको छ ।

यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिनुभयो । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

तीन दिन सञ्चालन भएको रामकथा पाठपारायणमा राष्ट्रिय कलाकारद्वारा झाँकी प्रदर्शन गरिएको थियो । यज्ञमा बिहान ७ देखि राति ११ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन, दैनिक पूजाअर्चना र मूल पाठपारायण गरिएको प्रचारप्रसार संयोजक रामु भण्डारीले जानकारी दिनुभयो । राम मन्दिरमा शास्त्रार्थ पहिलोपटक आयोजना भएको छ । अयोध्याका विषयमा पुनःजागरण ल्याउन शास्त्रार्थ आयोजना गरिएको अनुसन्धाता पौडेलले बताउनुभयो ।

पर्वतको फेदमा रहेको माडी अयोध्या, पश्चिम बगेका नदी र तिनमा पाइने शालिग्राम चक्रका कारण यहाँ अयोध्याका प्रशस्त प्रमाण रहेका उहाँले बताउनुभयो । पाण्डव मन्दिर, द्रौपदी कुवा (भीम कुवा)लगाय प्राचीन संरचना माडीमा छन् । उहाँले माडीमा राममन्दिर निर्माणको योजना रहेको जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>