अर्थ

वर्षको पहिलो कारोवारको दिन प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौं, वैशाख २-

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज (आइतबार) वर्षको पहिलो कारोवारको दिन सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय निर्धारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>