घटना -दुर्घटना
सशस्त्र प्रहरी बलको काठमाडौँको सतुंगलस्थित केन्द्रीय स्टोरमा आगलागी
०
काठमाडौं, चैत २६-
सशस्त्र प्रहरी बलको काडमाडौँको सतुंगलमा रहेको स्टोरमा आगलागी भएको छ ।
सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।
सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>