चितवन विशेष

भरतपुरको पिस हेभन मन्टेश्वरीका २२ बालबालिका दिक्षीत,भर्ना अभियान नयाँ वर्षबाट

Banner

चितवन, चैत २५-

भरतपुर महानगरपालिका–७ बुद्धचोकमा रहेको पिस हेभन मन्टेश्वरीका २२ बालबालिका दिक्षीत भएका छन । शनिवार आयोजित कार्यक्रम मार्फत २२ जना बालबालिकालाई दिक्षीत गरिएको हो । एक सय बढि विद्यार्थी अध्ययनरत मन्टेश्वरीमा दिक्षीत भएका सबै बालबालिका अब्बल रहेको प्रिन्सिपल सविता पौडेलले बताउनुभयो । उहाँले नयाँ वर्षबाट भर्ना अभियान सुरु गर्ने जानकारी दिनुभयो ।

१२ वर्ष पहिले स्थापित चितवनकै अग्रज यो मन्टेश्वरीले अभिभावक र बालबालिकालाई सजिलो हुने गरी भर्ना अभियान सुरु गर्न लागेको जनाएको छ । चार जना महिलाले सुरु गरेको यो मन्टेश्वरी बालमनोविज्ञानमा आधारित रहेर मन्टेश्वरी विधिबाट शिक्षा दिइने भएकोले अभिभावकको रोजाइमा पर्ने गरेको छ । युकेजीसम्म शिक्षा दिइने मन्टेश्वरीले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको छ ।

मन्टेश्वरीकी टिचिङ इन्चार्ज सुधा पोखरेलका अनुसार गर्मीमा बालबालिकाहरुलाई स्विमिङ, फनपार्क र पिकनिकमा लगेर रमाइलो गराइन्छ । मन्टेश्वरीमा संगीत र नृत्यको शिक्षक नै राखेर विद्यार्थीलाई गीतसंगीत र नृत्यमा अब्बल बनाइन्छ । पोखरेलले भन्नुभयो, ‘ हरेक वर्ष काठमाडौँका उत्कृष्ट विद्यालयहरुले लिने परीक्षामा बालबालिकाहरुले नाम निकाल्न सफल हुनु हाम्रो लागि खुसीको विषय हो । हाम्रो मन्टेश्वरी सबै वर्गले बालबालिका पढाउन सक्ने सस्तो छ । कतिपय अपाङ्गता भएका अभिभावकको बालबालिकालाई पनि हामीले सहयोग गरेका छौं ।’
बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म चल्ने मन्टेश्वरीलाई डे केयरको रुपमा विकास गरिँदै आएको टिचिङ इन्चार्ज पोखरेलले बताउनुभयो ।

मन्टेश्वरीमा साढे दुई वर्ष पुगेका बालबालिकाहरुलाई भर्ना लिइन्छ । जहाँ १०० जना भन्दा बढी बालबालिका राखेर पढाउन सकिने स्रोतसाधन रहेको छ । श्रीपञ्चमीबाट नै भर्ना सुरु भए पनि नयाँ शैक्षिक शत्रको अवसरमा फेरि अभियान सञ्चालन गर्न लागिएको मन्टेश्वरीले जनाएको छ । मन्टेश्वरीमा मेडिकल इन्जार्जको रुपमा विपना लामिछाने र प्लेइङ इन्चार्जको रुपमा अन्जना तिमिल्सिना रहनुभएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>