चितवन विशेष

भरतपुरको स्टार्स मन्टेश्वरीमा नायक राजेश हमालबाट बालबालिका दीक्षित

Banner

चितवन, चैत २४ –

भरतपुर महानगरपालिका–११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गरेको छ ।

शनिबार भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक कार्यक्रमका बीच मन्टेश्वरीले १२ औं दीक्षान्त समारोह सम्पन्न गरेको हो ।
दीक्षान्तमा नायक राजेश हमाल र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको विशेष उपस्थिति रहेको थियो ।

समारोहमा मन्टेश्वरीमा अध्ययनरत १९ जना बालबालिकालाई दीक्षित गराएर मन्टेश्वरीबाट बिदाई गरिएको छ । उनीहरु अब अन्य विद्यालयमा जानेछन् । साथै, नर्सरीका ६३ जना, एलकेजीका ६० जना, युकेजीका २५ जनालाई समेत दीक्षित गराइएको छ । उनीहरु क्रमशः मन्टेश्वरीकै माथिल्लो कक्षामा जानेछन् ।

राजेश हमालको हातबाट दीक्षित हुन पाउँदा बच्चा र अभिभावकहरुले खुसी व्यक्त गरेका थिए । समारोहमा राजेश हमालले आफ्ना भनाईहरु राखेका थिए भने कालीप्रसाद बास्कोटाले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । उनीहरुले नाच्ने र गाउने गरेका थिए ।

साथै, मन्टेश्वरीबाट बिदाइ हुने १९ जना नानीबाबुलाई जीपमा र राजेश हमाललाई घोडाको बग्गीमा राखेर पञ्चे बाजासहित भरतपुर ११ का केही टोलहरुमा परिक्रमा समेत गराइएको छ । सञ्चारकर्मी महिमा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा मन्टेश्वरीकी संस्थापक जानकी खड्का, अभिभावक, मन्टेश्वरीका प्रतिनिधि, शुभचिन्तकलगायतको उपस्थिति रहेको थियो ।

मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले स्टार्स मन्टेश्वरी नयाँ नयाँ टे«ण्ड ल्याउने मन्टेश्वरीभित्र पर्ने बताए । मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने र त्यसलाई अरुले पनि पछ्याउँदै जाने गरेको रानाको भनाइ छ । मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।

मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइ साथसाथै अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिँदै आइरहेका छन् । मन्टेश्वरीबाट बिदाई भएर चितवनसहित काठमाडौं र अन्य क्षेत्रका विद्यालयमा पुग्दा ती विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल देखिएको राना बताउँछन् । ‘जहाँबाट तपाइँका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ’ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी विसं २०६७ सालमा स्थापना भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>