चितवन विशेष

बागमती प्रदेश सरकारले अनलाइनबाटै रुट पर्मिट दिने

Banner

काठमाडौँ, चैत्र १२-
बागमती प्रदेश सरकारले अनलाइनबाटै पटके रुट पर्मिट दिने व्यवस्था गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन माध्यमबाट पटके रुट इजाजत सेवा दिने तयारी गरेको हो ।

मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयहरूबाट उक्त सेवा प्राप्त गर्ने गरी अनलाइनबाटै पटके रुट इजाजत लिन पाइने मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार उक्त सेवाको यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट शुभारम्भ गर्ने तयारी गरिएको हो । मंगलबार औपचारिक रूपमा उक्त सेवाको शुभारम्भ गरिने सूचना अधिकारी पौडेलले बताए ।

यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको पटके रुट इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टिएमआइएस) मार्फत जारी गरिने उनले बताए ।

मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार सेवाग्राहीको सहजताका लागि बागमती प्रदेशमा पहिलो पटक अनलाइनबाटै पटके इजाजत पत्र जारी गर्ने तयारी गरिएको हो । यातायात कार्यालयहरूमा लाग्ने सेवाग्राहीको भिडलाई नियन्त्रण गरी प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्य अनुसार सो योजना अघि बढाइएको उनले बताए ।

कम जनशक्तिको प्रयोगबाट सहज रूपमा धेरै नागरिकलाई सेवा पु¥याउने उद्देश्य रहेको उनको भनाई छ । सेवाग्राहीले आफ्नो अनुकूल रुट इजाजत लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्ने र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्ने उनले बताए । उक्त योजनाको प्रभावकारिता हेरेर समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने मन्त्रालयको तयारी रहेको सचिव निरौलाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>