देश/प्रदेश

पुनः कतार जान टिकट लिएका यादव होटलमा मृत फेला

Banner

जनकपुरधाम, वैशाख १२-

जनकपुर एक युवक मृत फेला परेका छन् । जनकपुरको पिडारीमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका उनी २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेको थियो ‌। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।

एक महिना अगाडि मात्रै विदामा कतारबाट आएका यादवले अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट लिइसकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>