Breaking News

एकैदिन २ हजार ६ सयले बढेको सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Banner

काठमाडौँ, चैत ८-

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (बिहीबार) तोलामा २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार ९ दिनपछि नयाँ रेकर्ड कायम गरेको सुन आज तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>