अटो
अफरोड ट्रयाकमा एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’

काठमाडौँ, चैत ५-
पारामाउन्ट मोटर्स प्रालिले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहकवर्गमा सो ईभीको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ ।
मोटर्सले प्रेषित गरेको विज्ञप्ति अनुसार ‘एमजी फोर स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो टेस्ट हो ।
गत चैत १ गते बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक सञ्जालका प्रभावकर्ताहरू सहभागी गराएको कम्पनीले जनाएको छ ।
धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी फोर ईभीको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्स जस्ता विषयमा एमजी फोर ईभीको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पिकअपको अनुभव लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ, ‘यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइयो । यस एमजी फोर ईभीमा रहेको हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्विल ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभब सहभागीले बताए ।
इभेन्टका बारेमा पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने ‘नेपालमा रहेको बिभिन्न ईभी गाडीहरू मध्ये एमजीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको ग्राउन्ड क्लियरेन्सको सम्बन्धमा रहेको शंका टेस्ट ड्राइभ पश्चात मेटिइएको पाइयो ।’
सहभागीले टेस्ट ड्राइभ पश्चात एमजी फोर ईभी सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोमा पनि सहजै चलाउन सकिने कुरामा आफू विश्वस्त रहेको कुरा जनाए ।