देश/प्रदेश
आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने व्यक्ति पक्राउ
०
रूपन्देही,फागुन २४-
प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने ब्यक्तिलाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी घर भई तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका १४ गङाबस्ती बस्दै आएका शिवनारायण सिंह पक्राउ परेका हुन् ।
तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>