गोरखा

भिरबाट लडेर गोरखाका रामबहादुर गुरूङ घाइते, हेलिकप्टरबाट उद्धार गरी ल्याइयो काठमाडौं

Banner

काठमाडौं, पुस ४-

भिरबाट लडेर घाइते भएका गोरखाको धार्चे गाउँपालिका गुम्दाका ३८ वर्षीय रामबहादुर गुरूङलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। छिमेकी गाउँपालिका चुमनुब्रीको बिही गाउँस्थित बान्द्रुङ्ग भिरबाट लडेर घाइते भएका गुरूङलाई हेलिकप्टरबाट उद्धार गरी बुधबार काठमाडौं ल्याइएको हो।

खच्चड लिएर माछीखोला झर्ने क्रममा गुरूङ भिरबाट लडेका थिए। उनी मंगलबार भिरबाट लडेर घाइते भए पनि उद्धारका लागि हेलिकप्टर उडान अनुमति लिने प्रक्रिया मिलाउँदा ढिलाइ भएको थियो।

नेपाली सेनाको हेलिकप्टरबाट बुधबार बिहान घाइते गुरूङको उद्धार गरी काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए।
मंगलबार भिरबाट लडेका गुरूङको टाउको, खुट्टालगायतमा चोट लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>