प्रवास
एनआरएनए बेलायतको सचिवमा सापकोटाको उम्मेदवारी घोषणा
०

बेलायत, असोज ३–
बेलायतमा यति बेला नेपालीहरु माझ चुनावी सरगर्मी बढ्न थालेको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको लागि आफू योग्य रहेको भन्दै आसान्न निर्वाचनमा जिताउन अपिल गर्दै विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेको छ ।
यसैक्रममा युवा सामाजिक, व्यवसायिक व्यक्तित्व दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि सापकोटाले एनआरएनएको युरोप सह–संयोजक पदमा रहि काम गरि सकेका छन् । नेपालीहरुको मुद्दामा आफू अत्यन्त इमान्दार भएर काम गर्ने र सबैको चाहना भएकाले आफू सचिव पदमा उम्मेदवारी दिएको सापकोटाले बताए ।
उनले बेलायतमा रहेका नेपालीहरुको पक्षमा सदैव लागि पर्ने प्रतिवद्धता जनाउँदै अत्याधिक बहुमतले जिताउन अपिल गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>