राजनीति

कांग्रेसको कार्यक्रममा नेतामाथि कुटपिट

Banner

रामेछाप, जेठ ५-

रामेछापमा नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा झडप हुँदा कुटपिट भएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका हुन् ।

रामेछापका डिएसपी प्रदिपकुमार सिंहका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् । मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् । कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ । साङकेति तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>