प्रवास
कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको आवेदन खुल्यो
०

काठमाडौं,साउन ५-
कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ ।
नतिजा प्रकाशन असोज ३ गते हुनेछ । दुई देशबीच भएको समझदारी अनुसार दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>