अटो
भरतपुरमा भएको यामाहा माइलेज र्यालीमा पुष्पाञ्जली शर्मा बनिन् विजेता
०
चितवन, असार १७-
भरतपुरमा भएको यामाहा माइलेज र्यालीमा पुष्पाञ्जली शर्मा विजेता बनेकी छन् ।
नविन अटो सेन्टरले शनिबार गरेको रेजआर १२५ माइलेज च्यालेन्ज र्यालीमा शर्मा २१ प्रतिस्पर्धीलाई पछि पार्दे विजेता बनेकी हुन् ।
यामाहा शोरुमबाट सुरु भएर दासढुंगासम्म सञ्चालन भएको र्यालीमा दोस्रो अमृता तिवारी र तेस्रो रामबहादुर तामाङ भएका छन् । पहिलो हुनेको माइलेज ८० किलोमिटर, दोस्रोको ७४.३ किलोमिटर र तेस्रो हुनेको ७४.१५ किलोमिटर प्रति लिटर रहेको थियो । बढी माइलेज दिने सवारीचालकलाई विजेता तोकिएको नविन अटो सेन्टरका व्यापारिक प्रमुख राजु स्वर्णकारले नारायणी अनलाइनलाई बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>