अटो

अटो मोबाइल्स एशोसिएसन वाग्मती प्रदेशमा चितवनका राजन पियाको नेतृत्व

Banner

चितवन, साउन २२-

नेपाल अटो मोबाइल्स एशोसिएसन (नासा नेपाल)बागमती प्रदेशको अध्यक्षमा चितवनका राजन पिया चयन भएका छन् ।

बागमती प्रदेशको सात जिल्लाका प्रतिनिधिहरुको भरतपुरको नारायणगढमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी तथा एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा सम्पन्न सो भेलाले प्रदेशको वार्षिक कार्यक्रम चयन र अनुमोदन, सदस्यता वितरण तथा भरतपुर महानगरपालिकासँग सडक सुरक्षाका लागि सहकार्य गर्ने लगायतका निर्णयहरु गरेको छ ।

भेलाले काभ्रेका दिपेश योगल श्रेष्ठ, चितवनका गोपाल भट्टराई , काठमाडौँका कुन्दन श्रेष्ठ , चितवनका यस पौडेल, धादिङका ईन्द्र त्रिपाठी , चितवनका जनक ढकाल , सिन्धुलीका गोवद्र्धनराज कोजु , मकवानपुरका रञ्जन श्रेष्ठ, चितवनका देवेन्द्र अधिकारी , दोलखाका नजर मान मानन्धर , चितवनका प्रशिद्ध रिजाल चैन भएका छन् । त्यसै गरी रोड सेफ्टीबाट इञ्जिनियर पुरन सुवेदी, महिलामा सोमा श्रेष्ठ काभ्रे र सुनिता रेग्मी चितवन चयन भएका छन् ।

मोटर र मोटरसाइकल स्पोर्ट्स, अटो मोबाइल्स मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहने गरी ढेड दशक अगाडि स्थापित नासा नेपालले हाल विभिन्न प्रदेश संघहरू गठन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>