अर्थ वार्ता

आइतबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री ?

Banner

काठमाडौं, वैशाख १६-

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।

शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>