भिडियो

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौँ, असार २–

सदाबहार चर्चित गायक हेमन्त शर्मा र युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानको ‘ए मेरो असफल मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक शर्माको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा हेमन्तकै शब्द र संगीत रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने स्वंम गायक हेमन्त शर्मा र गायिका एलिना चौहानले भिडियोमा मोडलिङ गरेका छन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ ।

यस गीतमा प्रेमी, प्रेमिकाबीच बिछोड भएपछिको अवस्थालाई प्रस्तुत गरिएको छ । यस गीतलाई दर्शकले मन पराउन थालेका छन् । यसअघि हेमन्त र एलिनाको ‘तिमी बाहेक मेरो….’ बोलको गीत सार्वजनिक भएको थियो । यस गीतलाई पनि दर्शकले खुबै मन पराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>