चितवन विशेष

थारु लोक भाषाको ‘होरिया (बाबा लगावे)’ गीत सार्वजनिक (भिडियो)

Banner

चितवन, वैशाख २६–

चितवनका थारु युवाहरुले थारु लोक भाषाको ‘होरिया (बाबा लगावे)’ बोलको गीत निर्माण गरेका छन् । थारु कला संस्कृति संरक्षणमा सक्रिय युवा जयस चौधरी कार्यकारी निर्माता रहेर यस भिडियो निर्माण गरिएको हो ।

थारु समुदायले फागूपूर्णिामामा गाउने यस गीतलाई केही फरक तवरले निर्माण गरिएको छ । यस गीतको शब्दहरु बिका महतोले संकलन गरेका हुन् । गीतमा युवा गायक तथा संगीतकार अलमोडा राना उप्रेतीको संगीत छ भने स्वंम उसको स्वर रहेको छ । अलमोडालाई स्वरमा गायिका निकिता थारु, बिका महतो, शारदा महतो र आशिका राउतले साथ दिएका छन् ।

यस गीतको भिडियो चितवनमै छायाँकन गरिएको हो । भिडियोमा थारु मोडलहरु सञ्जु महतो, ज्योति महतो र सृष्टि चौधरीको अभिनय रहेको छ । भिडियोको छायाँकन र सम्पादन रञ्जित बल्लभ उप्रेतीले गरेका छन् ।

पछिल्लो समय थारु भाषाका थुप्रै गीतहरु सार्वजनिक भइरहेका छन् । तर यस गीत पृथक खालको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>