चितवन विशेष

चितवनका सुमित लामा निर्देशित ‘के खानु कसम..’ भिडियो सार्वजनिक

Banner

चितवन, पुस २०–

चितवनका युवा निर्देशक सुमित लामाले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘के खानु कसम..’ बोलको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । दर्जनौं म्यूजिक भिडियो निर्देशन गरि सकेका लामाको यो भिडियो निकै उत्कृष्ट बनेको छ ।

निर्देशक लामाले भिडियो धेरै राम्रो बनेको दावी गर्दै सबैलाई हेरेर सल्लाह, सुझाव दिन आग्रह गरेका छन् । उनका अनुसार चितवनको जेम्सवल्र्ड फनपार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगललगायतको क्षेत्रमा भिडियो छायाँकन गरिएको हो । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको छ ।

भिडियोमा मकवानपुरका मोडल सगुन स्याङतानको अभिनय रहेको छ । विशाल काल्तानको शब्द, संगीत र लय रहेको उक्त गीतमा सगुनलाई मोडल यङगी दोङ्ले साथ दिएकी छन् । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको सो गीतमा दिपेश प्रधानले अडियो मिक्सीङ गरेका हुन् ।

लक्ष्मण घिमिरेले छ्याङकन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>