चितवन विशेष
चितवनमा चिसो बढ्यो, ९ डिग्रीसम्म झर्यो तापक्रम
०

चितवन, मंसिर २६-
चितवनमा आज एक्कासी चिसो बढेको छ ।
चिसोले जनजीवन केही प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार भरतपुरमा आजको न्यूनतम तापक्रम ९ डिग्री सेन्टिग्रेड र अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेड पुगेको छ । चितवनसँगै आज देशभर नै जाडो बढेको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>