चितवन विशेष

कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई तनाव व्यवस्थापन तालिम

Banner

चितवन, साउन ८-

नेपाली कांग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि आजदेखि भरतपुरमा राजयोग शिविर सञ्चालन गरेको छ ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अध्यक्षतामा शिविर सुरु गरिएको हो । पछिल्लो समय तनावका कारण समाजमा हुने सामाजिक घटनालाई न्यूनीकरण गर्दै आफूलाई असल नेताको रुपमा उभ्याउन सहज हुने भन्दै यो सिवि सञ्चालन गरिएको हो । तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिंगो पार्टीसँगै देश बनाउन लाग्नु आवश्यक रहेको सो अवसरमा बताइएको थियो ।

मानिसको जीवनमा दुई तरिकाको तनाव हुने भन्दै यसको व्यवस्थापमा आफैले ध्यान दिनु आवश्यक रहेको छ । बाह्य तथा आन्तरिक तनावका कारण मानव जीवन दुःखमय बनेको सो अवसरमा जानकारी दिइएको थियो । व्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहआयोजनामा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिलाई तनावले समस्यामा पारेको बताएका थिए । तनावलाई व्यवस्थापन गर्न सकेमा मानव जीवन सुखमय हुने उनीहरुको भनाइ थियो । बाह्य सुख खोज्नु र पारिवारिक व्यवस्थापन गर्न नसक्नुका कारण मानव जीवन दुःखद बन्ने गरेको उनीहरुको भनाइ थियो ।

भोलिसम्म चल्ने सो कार्यक्रममा करिब १५० जना नेता तथा कार्यकर्ता सहभागी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्रह्मकुमारी शर्मिलालगायतले बोलेका थिए । कार्यक्रममा ब्रह्मकुमारी राजु घलेले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>