वागमती

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच समझदारी

Banner

काठमाडौं, साउन २-

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा अनुरुप सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञताको उपयोग गर्ने एवम् प्राज्ञिक गतिविधिहरु निर्वाधरुपमा सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनिया र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गरेको हुन् । समझदारीपत्रमा दुवै संस्थाबीच अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग गर्ने, पाठ्यक्रम निर्माणमा सुरक्षासँग सम्बन्धित विषयवस्तुहरु समाविष्ट गर्ने, अध्ययन अध्ययापनमा आपसी समन्वय गर्र्ने, सूचनाको आदानप्रदान गर्ने, स्रोतव्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्थामा सहयोग आदानप्रदान गर्ने, सुरक्षा सचेतना अभिवृद्धि गर्ने, दुवै संस्थाहरुमा हुने प्रकाशनमा सहकार्य गर्ने, क्षमता अभिवृद्धिका सन्र्दभमा संयुक्तरुपमा विशेष कार्यशाला गोष्ठीहरु आयोजना गर्ने, सूचना प्रविधिका विकासमा त्रिविका केन्द्रीय विभाग एवम् संकायहरुसँग सहकार्य गर्ने, व्यवहारिक अभ्यास एवंम् इन्टर्नसिपसम्बन्धी व्यवस्था गर्ने, सुरक्षित विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्ने, विद्युतीय पुस्तकालयको विकास गर्ने विषयहरु उल्लेखित छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित सहझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा त्रिविका उपकुलपति प्राडा.तीर्थराज खनियाले त्रिवि र नेपाल प्रहरीबीचको सहकार्यले दुवै संस्थाको संस्थागत दृष्टिकोणमा सकारात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयका दक्ष स्नातकहरुलाई नेपाल प्रहरीप्रतिको दृष्टिकोणका बारेमा विश्वस्त गराउँदै प्रहरीमा समेत अत्यन्तै सबल दक्ष जनशक्ति उपलब्ध गराउन विश्वविद्यालय प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उच्चशैक्षिक संस्थाहरुसँग सम्बन्ध विस्तार गर्दै नेपाल प्रहरीले आम नागरिकमा रहेको दृष्टिकोण बदल्न प्रयत्नशील रहेको बताए । जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई अनुसन्धानमुखी बनाउँनै संगठनलाई मजबुत, सबल र समयसापेक्ष बनाउन त्रिविसँगको सहकार्यले थप योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>