चितवन विशेष

जीबी राई समुहले सञ्चालन गरेका सहकारी पीडितले भने ‘हामीलाई भुलभुलैयामा पार्न खोजियो’

Banner

चितवन, वैशाख १४-
गितेन्द्रबाबु (जीबी) राईको समूहले सञ्चालन गरेका चितवन, बुटवल र पोखराका सहकारीका बचत कर्ता एक जुट भएका छन् । बचत रकम फिर्ता गर्न सहकारीलाई दबाब दिनका लागि उनीहरु एक जुट भएका हुन् । दबाब स्वरुप बचकर्ताले आज जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएका छन् । चितवनको साहारा बचत पीडित संघर्ष समितिका तर्फबाट सालिक राम दुवाडी, बुटवलको सुप्रिम सहकारी पीडत संघर्ष समितिको तर्फबाट विजय कुमार नेपाल र पोखराको सुर्य दर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट किरण श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्ती चितवनका साहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि शर्मालाई बुझाईएको हो ।

सहकारीका बचतकर्ताले दोषीलाई कारबाही गर्दै रकम फिर्ताको मागसहित उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । सहकारीका अध्यक्ष जिबी राईलाई पक्राउ गरी पीडितको रकम फिर्ता गरिदिन साहारा चितवन बचत सहकारीका अध्यक्ष सालिक राम दुवाडीले बताए । उनले सरकारबाट आश्वासन आएपनि न्याय पाउन नसकेको बताए । ‘हामीलाई फेरी भुलभुलैयामा पारेर अलमलाउन खोजिएको छ । हामी पीडितलाई आश्वासन देखाएर सहकारी ठगि गर्ने र हाम्रो पसिनाको पैसामा मस्ति गर्नेहरु उम्काउने र ढाकछोप गर्ने कुनै पनि बाटो नहोस् । टालटुले आश्वासन होइन तत्काल हाम्रो रकमको सुरक्षा र फिर्ता अनि गैर कानुनी रुपमा दिने र लिने व्यक्तिलाई हदैसम्मको कारबाही होस,’ ज्ञापनपत्रमा भनिएको छ।

जिबि राईका समुहले सञ्चालन गरेका हाम्रो कृषि सहकारीसंस्थादेखि पोखराको सुर्यदर्शन, काठमाण्डौँको स्वर्णलक्ष्मी, चितवनको साहारा, बुटवलको सुप्रिम, विरगञ्जको सानोपाइला र नेपालगञ्जको समानताका सहकारीबाट अरबौँ रुपैयाँ अपचलन गरेको छ । सम्बन्धीत पक्षलाई उजुरी दिँदा समेत समात्न नसकेको उनीहरुको गुनासो छ ।
सहकारीका बचतकर्ताले यो विषयलाई लिएर पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीलार्य समेत भेटेर सहकारी पीडितले ज्ञापन पत्र बुझाएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले गोरखा मिडियामा लगानी गरेको देखिन्छ । यस बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए । लामिछानेको नामको उजुरी प्रहरीले लिएको छैन । प्रधानमन्त्रीसँगै नेपाल प्रहरीका आइजीपी बसन्त कुवँरले सूर्यदर्शन सहकारी प्रकरणमा रविको संग्लन नभएको भन्दै चोख्यादिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>