समाचार

इलाम–२ : लिम्बू, खड्का र नेम्वाङले गरे मतदान

Banner

इलाम, वैशाख १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।

उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये क केन्द्रमा ५ सय ५८ र ख केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।

नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।

एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले पनि मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका छन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>