खेलकुद
कोपा अमेरिकाः अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर
०

साओ पाउलो, असार ५–
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहीबार) विहान सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।
पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
यो बराबरीसँगै अर्जेन्टिनाले २ खेलबाट १ अंक प्राप्त गरेको छ । चार मुलुक सहभागी समूह ख मा अर्जेन्टिना अंक तालिकाको सबैभन्दा अन्तिममा रहेको छ । अर्जेन्टिनाले अब अन्तिममा कतारसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहमा कोलम्बियाले दुई खेलबाट ६ अंक प्राप्त गरेर नकआउट चरणमा प्रवेश गरेको छ । कोलम्बियाले बिहीबार नै भएको खेलमा कतारलाई १–० गोल अन्तरले पराजित गरेको थियो । पाराग्वेको २ अंकका साथ दोस्रो स्थानमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>