मध्य नेपाल

७३ लाख बराबरको लागूऔषध आईस सहित छाउनीबाट ६ जना पक्राउ

Banner

शुक्रबार, वैशाख २०, २०७६

महानगरीय प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले महँगो लागूऔषध आईसको बेचबिखन र सेवन हुने छाउनीस्थित एउटा रेष्टुरेन्टमा छापा मारेको छ।

प्रहरी  टोलीले छाउनीमा रहेको द फुड हेभेन क्याफेमा सोमबार छापा मारेको हो।

क्याफेबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्री सहित ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रतिग्राम १० हजार रुपैयाँमा विक्रीवितरण हुने आईस ड्रग्सको कारोबारको सूचनापछि क्याफेमा छापा मारिएको हो।

महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले सेवन गर्ने अखडामा पुगेकाे प्रहरीले सुरूमा सानाे परिणाममा लागूऔषध आईस फेला पारेकाे बताए। उनका अनुसार पक्राउ परेका अभियुक्तकाे बयानपछि ठुलाे परिणाममा लागूऔषध आईस बरामद भएकाे हाे।

‘करिब ७३ लाख बराबरकाे लागूऔषध आईस बरामद भएकाे छ,’ एसएसपीले ज्ञवालीले भने ‘यसका मुख्य काराेबारीकाे खाेजी भइरहेकाे छ।’

पक्राउ पर्नेमा काभ्रेका सुजन तामाङ, काठमाडौं नारायणस्थानका सरोज सिलवाल, थापाथलीका दिपेन्द्रलाल श्रेष्ठ, कालिमाटीका नबिन मानन्धर, अनिल भुजेल र सिनामंगलका रन्जित तिवारी हुन्।

प्रहरीले घटनास्थलबाट नौ थान मोबाईल र १ लाख ७७ हजार नगद समेत बरामद गरेको छ।

म्यानमार र लाओसमा उत्पादन हुने आईसको कारोबार काठमाडौंमा पछिल्लो समय बढदै गएको छ। महानगरीय प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरोले घटनाको थप अनुसन्धान गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>