देश/प्रदेश

तीर्थयात्री चढेको गाडी दुर्घटना, ११ घाइते

Banner

ताप्लेजुङ- पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।

घाइते सबै बारा निजगढका हुन् । बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ट्ठ५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>