खेलकुद

टोटनह्यामको जीत पछि प्रशिक्षक पोचेटिन्होले भने सिटीसँगको खेल ‘अविश्वसनीय’

Banner

एजेन्सी- च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा गएराति भएको खेलमा टोटनह्याम हट्सपुरले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटनह्यामले सिटीमाथि संघर्षपूर्ण जित हात पार्यो । च्याम्पियन्स लिग दाबेदार दुई टोलीबीचको क्वाटरफाइनल फिडन्तमा सिटी १-० को साँघुरो अन्तरले पराजित भयो ।

सिटीविरुद्ध जीत हात पारेको टोटनह्यामले गोलका लागि ७८ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको ७८ औं मिनेटमा टोटनह्यामका लागि दक्षिण कोरियाली खेलाडी सन ह्युग मिनले गोल गरेका थिए । उनकै गोल सिटीविरुद्धको महत्वपूर्ण जीतका लागि निर्णयक बन्यो ।

जीत पछि बोल्दै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले सिटीसँगको खेल अविश्वसनिय र चुनौतिपूर्ण भएको बताएका छन् ।

उनले भने, ‘यो साच्चिकै राम्रो खेल भयो । हामी सबै उत्साहित छौं । यो च्याम्पियन्स लिगको क्वाटरफाइनल हो, हामीले पेनाल्टी पनि बचाएका छौं हामीलाई विश्वास गर्नुस् र यहाँ धरै कुराहरु छन् । जुन हामीले मैदानमा सिटीविरुद्धको खेलमा देखायौं । टोटनह्यामका लागि जे पनि सम्भव छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>