Breaking News

टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

Banner

काठमाडौं, वैशाख १९-

तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ।

बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छदा १५१ रनमा अलआउट भयो।

नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए।

लगातार विकेट गुमाएको नेपालका ओपनर लोशेक बमले गुणाकेश मोतीबाट बोल्ड हुनुअघि २९ बलमा १ चौका २ छक्काको मद्दतमा २८ रन जोडे। कुशल मल्लले ११ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन बनाए।

गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके।

अन्तिम ओभरमा आउट भएका करण केसीले २८ रन जोडे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>