क्रिकेट

सन्दीपले लिए विकेट, मोईन अली आउट

Banner

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बैंगलोरविरुद्ध एक विकेट लिएका छन् । उनले आफ्नो तेस्रो तथा खेलको १५ औं आभेरको तेस्रो बलमा बैंगलोरका मोईन अलीलाई आउट गरेका हुन् ।

सन्दीपले दिल्ली क्यापिटल्सका लागि चौथो तथा महत्वपूर्ण विकेट लिएका हुन् । अलि ३२ रनमा खेलिरहेका थिए । अलिले सन्दीपको तेस्रो ओभरको पहिलो बलमा छक्का प्रहार गरेका थिए भने दोस्रो बल डट खेल्दै तेस्रो बलमा अलिलाई आउट गरे ।
तीन ओभर बलिङ गरेका उनले १ विकेट लिएर २७ रन खर्चेका छन् ।

दोस्रो ओभरमा उनले ६ रन खर्चेका थिए भने पहिलो ओभरमा १० रन दिएका थिए । सन्दीपले बैंगलोरका कप्तान विराट कोहली विरुद्ध बलिङ गरेका थिए । जसमा कोहलीले सिङ्गल रन मात्रै बनाउन सकेका थिए ।

सन्दीपले बैंग्लोरविरुद्धको खेलमा दिल्ली क्यापिटल्सलाई पहिलो सफलता दिलाउने क्रममा पार्थिव पटेलको क्याच लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>