चितवन विशेष

भरतपुरमा अखिल नेपाल महिला संघको संगठन सृदृढीकरण अभियान सुरु

Banner

चितवन, वैशाख २३ –

भरतपुर महानगरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) ले संगठन सृदृढीकरण र शुद्धिकरण अभियान सुरु गरेको छ ।

आज एमाले पार्टी कार्यालय चितवनमा बसेको महानगर कमिटीको बैठकले अभियानलाई तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

अनेमसंघ केन्द्रीय कमिटीको गत पुसमा बसेको बैठकले देशभरका पालिकाहरुमा फागुन १ गतेबाट उक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभिन्न पालिकामा अभियान जारी छ । भरतपुरमा भने जनतासँग एमाले अभियानका कारण केही ढिला सुरु हुन पुगेको बताइएको छ ।

अनेमसंघले अगाडि सारेको ‘घरघरमा अनेमसंघ, हर घरमा अनेमसंघ’ का साथै ‘घरघरमा सदस्य, टोलटोलमा संगठन’ का विषयलाई अभियानमा विशेष जोड दिने अभियानको उद्देश्य रहेको छ । यसैगरी विभिन्न कमिटीको अधिवेशन पनि यसै अभियानअन्तर्गत गर्ने अभियानको उद्देश्य रहेको अनेमसंघ केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज शान्ति अधिकारीले जानकारी दिइन् ।

अनेमसंघ केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्टको प्रमुख उपस्थिति रहेको आजको बैठक अनेमसंघ महानगर कमिटीकी अध्यक्ष सम्झना शर्मा (शोभा) को अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, अनेमसंघ केन्द्रीय सदस्य शान्ति अधिकारी, एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भूर्तेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकलगायतको उपस्थ्तिि रहेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>