मनोरञ्जन
बिल लिने संस्कार विकास गर्न खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन दिनुपर्छः अभिनेता दीपकराज गिरी

काठमाडौं,कार्तिक १ –
अभिनेता दीपकराज गिरीले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न उपभोक्ताका साथै विक्रेतालाई समेत प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने बताउनुभएको छ ।
आइतवार काठमाडौंमा आयोजित करदाता प्रोत्साहन कार्यक्रमको विजेता घोषणा समारोहमा बोल्दै उहाँले उपभोक्ता र व्यवसायी दुवै सचेत भए मात्रै कर प्रणाली प्रभावकारी हुने बताउनुभएको हो । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागद्वारा सञ्चालित लक्की ड्रमार्फत बिल लिने १६ जना सर्वसाधारण उपभोक्ताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सोही अवसरमा अभिनेता गिरीले विजेताहरूलाई बधाई दिँदै बिल लिने दिने संस्कृतिले राज्यको राजश्व संकलनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गिरीले आम नागरिकमा अझै पनि सामान खरिद गरेपछि बिल माग्ने बानीको अभाव रहेको र करसम्बन्धी चेतना अपेक्षाकृत रूपमा बढ्न नसकेको औँल्याउनु भयो ।























