राजनीति
जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्योः सांसद राई
०

काठमाडौं,असोज १६ –
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताउनुभएको हो । उहाँले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गर्नुभयो ।
सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























