राजनीति

मन्त्री र सरकारी निकायले नै समितिमा आएर निगमको असफलताको गुनासो गर्नु हास्यास्पद– सांसद उप्रेती

०
Banner

काठमाडौं, असोज १६ –

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले ‘ग्रे जोन’मा राखेर राष्ट्रिय ध्वजावाहकको उन्नति नहुने बताउनुभएको छ ।

शुक्रवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले निगमलाई ‘ग्रे जोन’ (अस्पष्ट अवस्था) मा राखेर राष्ट्रिय गौरव फर्काउन नसकिने बताउँदै निगमलाई तत्काल कम्पनी ऐनअन्तर्गत लैजान र स्वायत्त बनाउन सरकारसँग आग्रह गर्नुभएको हो । सांसद उप्रेतीले नेपाल एयरलाइन्सको औचित्यमाथि नै प्रश्न उठाउँदै संस्थालाई वा त व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने, अन्यथा यसको संरचना फेर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले निगमको दुर्गति हुनुमा राजनीतिक नेतृत्वको ‘रिस्क’ लिने क्षमताको अभाव र प्रशासनिक हठलाई मुख्य कारक रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>